
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले विपद् मा परेका घरपरिवारलाई सहयोग रकम वितरण गरेको छ । यो वर्षमा विपद्का कारण समस्या खेप्दै आएका यहाँका ११ घरपरिवारलाई राहतस्वरुप चेक प्रदान गरिएको हो ।
चेक प्रदान गर्नेमा वडा नं १ विन्दुमाया तामाङ, वडा नं ४ का मिञ्जु विक, सन्तोष चिमोरिया, नवराज चिमोरिया, केही महिना अगाडि बाढीपहिरोले घरमा क्षति भएकामा रु १० हजारका दरले चेक वितरण गरेको छ । वडा नं ४ कै बेनीप्रसाद काफ्लेको गोठमा रहेको भैँसी विद्युत् चुहावट भएर करेन्ट लागेर मरेकामा उहाँलाई राहतस्वरुप रु सात हजारको चेक हस्तान्तरण गरिएको हो ।
त्यस्तै विद्युत् चुहावट भई घर जलेर नष्ट भएका वडा नं ६ का कोपिला केसी, वडा नं ७ का कल्याणकान्त न्यौपाने, वडा नं ८ का कृष्णराम श्रेष्ठ, वडा नं १० का राधा नेपाली र हरिप्रसाद पाठक, अम्बरबहादुर दमाईलगायतलाई राहतस्वरुप चेक वितरण गरियो । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले विभिन्न कारणले भौतिक र पशुधन क्षति भएका नगरवासीलाई नगरपालिकाले यही वर्षदेखि कार्यविधि निर्माण गरी विपद्मा परेका पीडित परिवारलाई आर्थिक सहयोगको चेक हस्तान्तरणको अभियान शुरु रिएको बताउनुभयो ।
सडकमा अलपत्र परेका वृद्धको उद्धार
नगरपालिकाभित्रमा रहेको बेवारिसे व्यक्तिको उद्धार गर्ने कामलाई निरन्तरता दिइएको छ । नगरपालिकाले सडक मानवमुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरुको उद्धारलाई तीव्रता दिइएको हो ।सडकमा अलपत्र एकको उद्धार गरी धुलिखेलस्थित मानव कल्याण सेवा घरमा पठाइएको छ । नगरप्रमुख तिमल्सिनाको पहलमा अन्दाजी ६५ वर्षका ती वृद्धलाई शुक्रबार उद्धार गरिएको हो ।
झण्डै दुई वर्षदेखि नगरपालिकाको बजार क्षेत्र भकुण्डे र नौबिसेमा सडकमा बस्दै आएका वृद्धलाई उद्धार गरी सेवा घरमा पठाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सडकमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि मानव कल्याण समाजसँग सम्झौता गरेर उद्धार कार्यमा सहयोग गर्दै आएको तिमल्सिनाले बताउनुभयो ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७