TRENDING

प्रदेश नं १ मा ४१५ सङ्क्रमित निको भए

विराटनगर । प्रदेश नं १ का पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेहरुमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २६ हजार ७१० पुगेको छ ।

प्रदेशमा सोही अवधिमा गरिएको ३१० जनाको पीसीआर परीक्षणमा १६ महिला र २४ पुरुष गरी ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापामा १२, मोरङमा १०, सुनसरीमा नौ, इलाममा तीन, सङ्खुवासभामा दुई, भोजपुर र सोलुखुम्वुमा एक÷एक र प्रदेश बाहिरका दुई जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या २९ हजार ६१४ पुगेको छ । यस प्रदेशमा हालसम्म दुई लाख छ हजार ७२४ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।