

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनका विरुद्धमा सडक आन्दोलन थालेको छ । नेकपाको बिहीबार सम्पन्न तेस्रो केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
माइतीघर मण्डलमा आज आयोजित करीब एक घण्टाको विरोध प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी र केन्द्रीय कमिटी सदस्य, राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका सदस्य तथा विभिन्न जनवर्गीय सङ्गठनका नेता सहभागी थिए ।
विरोध प्रदर्शनमा सहभागीले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका थिए । प्रदर्शनमा सहभागी नेता तथा वर्तमान र पूर्वसांसदले प्रतिनिधिसभा भङ्ग नभएको सङ्केत दिन ‘हामी यही छौँ’ भन्ने पम्पलेट बोकेका थिए । निर्वाचन चिह्न आफूहरुकै रहेको जिकिर गर्दै उनीहरुले ‘सूर्य’ चिह्न बोकेका थिए ।
नेकपाको आधिकारिकता आफूहरुसँगै रहेको जनाउ दिन नेताकार्यकर्ता माइतीघरबाट नाराजुलूस गर्दै भद्रकाली, रत्नपार्क हुँदै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका छन् । नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेलगत्तै विवेकशील साझा पार्टीका कार्यकर्ताले पनि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७