

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यका लगायतमा हुस्सु लागेको छ ।
पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ”, मानन्धरले भन्नुभयो । हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ ।
मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।
समाचारबाट थप समाचार
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७