

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो ।
नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ ।
यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।” चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु. सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताउनुभयो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७