

काठमाडौं । अर्थशास्त्री डा. कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गर्नुभएको छ । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कोभिड–१९ का कारण डा शर्मा उपस्थित हुन नसकेपछि अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गर्नुभएको छ । डा. शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आउनुभएको छ । उक्त अवार्ड प्राप्त गरेपछि डा शर्माले आफू थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत बिस्तारमा योगदान दिने बताउनुभयो ।
चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, सांस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालको सांस्कृतिक, पर्यटकीय र नेपाल–चीन सहकार्य झल्किने भिडियो पनि प्रर्दशन गरिएको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७