

काठमाडौं । बजार खुलेको आधा घण्टामा ३ प्रतिशत घटेको नेप्से, त्यसपछिको समयमा सम्हालिएको छ । दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको हो। अघिल्लो कारोबार दिनको गतिलाई निरन्तरता दिँदै यस दिन पनि बजार घटेको थियो। यद्यपि, बजारमा सस्तो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताहरु बढेपछि बजारले सकारात्मक दिशा लिएको हो।
देशमा अचानक आएको राजनैतिक परिवर्तनका कारण लगानीकर्ताहरुको आत्मविश्वास केही गुमेको थियो। जसका कारण केही त्रसित लगानीकर्ताहरुले शेयर बिक्री गर्न थालेका थिए। यद्यपि, बजारलाई बुझेका लगानीकर्ताहरु भने सस्तो मूल्यमा शेयर खरिद गर्नतर्फ लागेका थिए।
सोमबार नेप्से परिसूचक ३०.३३ अंक बढेर १९६५.९६ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.०१ अंक, फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंक बढेको छ। यस दिन २०२ कम्पनीको ६४ हजार ९३८ पटकको कारोबारमा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत घटेको छ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७