

काठमाडौँ । सरकारले कोरोना परीक्षणमा रु दुई हजार मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप रु एक हजार लिएको पाइएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गर्नुभयो ।
उहाँका अनुसार यहाँ सङ्कलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क रु दुई हजार ४०० लिने हुँदा आफूहरुले यातायात शुल्कसहित रु तीन हजार लिएको स्वीकार गर्नुभयो । हाल भने अस्पतालले रु ४०० थप गरेर परीक्षण गराउँदै आएको उहाँको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा रु ५०० बढी लिएको भन्दै मुद्दा चलाएको छ । कलेजका प्रतिनिधिले रु १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले रु आठ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
स्वास्थ्यबाट थप समाचार
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
विश्व खोप सप्ताह प्रारम्भ
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७