

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय र प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज दिउँसो प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोक्नुभएको थियो ।
(प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न सुरक्षा निकायका प्रमुखसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्दै साथमा अर्थ र गृहमन्त्री । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय)
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल समेत गर्नुभएको छ । प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछिको अवस्थामा भएको छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङको उपस्थिति रहेको थियो ।
(प्रधानमन्त्री केपी शर्मा ओलीबाट आइतबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा
तस्वीर सौजन्य :प्रधानमन्त्रीको सचिवालय)
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७