

काठमाडौं । डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई काठमाडौँस्थित चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका एक स्थानीयवासीले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौँ लैजान लागिएको निकुञ्जले जनाएको छ ।
एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसीगाँउ बस्ने स्थानीय वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको अस्थामा उद्धार गरी निकुञ्जमा बुझाउनुभएको थियो । सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।
डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौँ लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ । एक महिनायता दुई घोरल र एक डाँफेसहित तीन संरक्षित वन्यजन्तु स्थानीयवासीले नै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।
पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ । संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कारसमेत दिँदै आएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७