

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको हो ।
“ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्” उहाँले भन्नुभयो । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
उहाँले पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । अर्थमन्त्रीले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिनुभयो । बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य उपस्थित हुनुहुन्थ्यो ।
यस्तै, छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको उपस्थिति थियो ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७