TRENDING
होमपेज
हुम्ला देखि नेपालगञ्ज सम्मको हवाई भाडादर घट्यो


काठमाडौं । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्ला देखि नेपालगञ्ज सम्मको भाडादर घटाएको छ ।
यसअघि हुम्ला देखि नेपालगञ्ज सम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबार देखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।
यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उहाँले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७