

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि, नयाँबानेश्वर, काठमाडौंबिच बैंकका ग्राहकलाई IELTS/ KUMAT/ TOEFL/ SAT/ PTE/ CMAT/ GMAT/ GRE तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक एवं उनीहरुका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिंदा विशेष छुट पाउने बताइएको छ । ग्राहकको हीतलाई मध्यनजर गरी यस किसिमको सहकार्य गरीएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरीका १ सय ११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १ सय ४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरस ( COVID-19) को महामारीबाट विश्व आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको प्रयोग गर्दै वित्तीय कारोबारलाई डिजिटल पद्धतिबाट संचालन गर्दै आएको छ । बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने लगायतका सेवाहरुको थालनि गरेको छ ।
साथै कोभिड १९ को त्रास कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले अन्य विभिन्न योजनाहरु समेत संचालनमा ल्याएको बताइएको छ । बैंकले आफुहरुले गरेको सेवा परिमार्जनबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने मात्र नभई डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७