

काठमाडौँ । भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हँुदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडाँैबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो बस सडकबाट करिब २० मिटर तल खसेको उहाँको भनाइ छ ।
दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।
घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडाँै पठाइको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७