

काठमाडौं । आगामी पुस २ गतेसम्म आवेदन दिन मिल्ने गरी प्रभु लाइफ इन्स्योरेन्सले विक्रीमा ल्याएको आइपीओमा दोस्रो दिन सम्ममा साढे ३ गुणा बढी आबेदन परिसकेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार पौने पाँच बजेसम्ममा ६ लाख ६८ हजार आवेदनबाट १ करोड ८६ लाख कित्ता शेयरको लागि आवेदन परेको छ। हिजो सोमबार देखि कम्पनीले ६० करोड रुपैंया बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो । जसमध्ये कर्मचारीहरु र सामुहिक लगानी कोषहरुका का लागि ३ लाखका दरले ६ लाख कित्ता सुरक्षित गरी बाँकि ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्काशित गरेको छ ।
एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशन पछि पूँजी २ अर्ब रुँपैया पुग्नेछ । बिक्रिमा ल्याएको आइपीओका लागि इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७