

काठमाडौं । उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि छ महिनादेखि बन्द हुन पुगेको गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्मको यातायात सेवा पुनःसञ्चालन भएको छ ।
गाईघाट–दिक्तेल सडक कार्यलय बोक्सेका अनुसार सो सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्की राम्चेबीच सुनकोशी नदीमा हालै बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि आइतबारदेखि सिधा यातायात शुरु भएको हो । सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज गत जेठमा खोलिएपछि यातायात सेवा बन्द भएको थियो । छ महिनापछि पुनः बेलिब्रिज जडानसँगै अब गाईघाट–दिक्तेल सडकखण्डमा सिधा यातायात सेवा सञ्चालन भएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताउनुभयो ।
रेग्मी निर्माण सेवा कम्पनीले यही मङ्सिरको पहिलो हप्तादेखि रु ८५ लाख बजेटमा बेलिब्रिज जडान गर्ने ठेक्का लिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताउनुभयो । उक्त बेलिब्रिजको लम्बाइ ५० मिटर रहेको छ भने चौडाइ छ मिटर रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७