

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी पुस १ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भएको थियो । कोरोना सङ्क्रणका कारण लामाको यही मङ्सिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता लामाको निधनपछि एक जलविद्युत् आयोजनाको सम्बन्धमा नाम जोडेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनेकन लाञ्छना लगाई गरिएको प्रचारप्रति दुःख व्यक्त गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले जलविद्युत् आयोजनाका सम्बन्धमा देखिएको विवाद मिलाउनेतर्फ प्रवक्ता श्रेष्ठले पहल गर्नुभएको र मिल्न सुझाव दिनुभएको बताउनुभएको थियो । बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई आज अन्य विषयमा भने छलफल नभएको जानकारी दिनुभयो ।
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७