TRENDING

मानव अधिकार वर्ष पुस्तक समीक्षा सम्पन्न

दार्चुला । इन्सेक दार्चुलाले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को पूर्व वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ ।

समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी, जिल्ला न्यायाधीश लोकजङ्ग शाह लगायतको सहभागिता रहेको थियो ।

इन्सेकले हरेक वर्ष जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे वार्षिक समीक्षा गरेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ ।