

चितवन । जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतसाउनदेखि हालसम्म भएका १५८ दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा ३३ पुरुष, तीन महिला, एक बालक र तीन बालिका रहेका छन् । एक सय २३ गम्भीर घाइते र १४० सामान्य घाइते भएका छन् ।
दुर्घटनामा १८३ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा वढी १२० मोटरसाइकल रहेका छन् । यस्तै ट्रकटेङ्कर ४४ , जिप कार २९, टेम्पो १३, बस १२ , ट्याङ्कर नौ, शरीरिक शक्तिबाट चल्ने नौ, ट्रिपर तीन र अन्य एउटा रहेको कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पर्नेमा २५ देखि ३६ वर्ष उमेर समूहका बढी रहेका छन् ।
पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको उहाँले बताउनुभयो । तीव्र गतिमा मोटरसाइकल चलाउने युवा पुस्ता बढी भएकाले मोटरसाइकल बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा १०७ को मृत्यु भएको थियो । सो समयमा २६१ दुर्घटनामा ४२१ सवारी साधन परेको कार्यालयले जनाएको छ ।
–––
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७