

काठमाडौँ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो ।बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९।३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४।२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् ।बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको भनाई अनुसार नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको हो ।
यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२।९, २० गते ९३।४, २१ गते ९३।७, २२ गते ९४, २३ गते ९४।१ र २४ गते ९४।३ प्रतिशत सङ्क्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४।२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे ।सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउँछन् ।
स्वास्थ्यबाट थप समाचार
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
विश्व खोप सप्ताह प्रारम्भ
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७