TRENDING

८ करोड कित्ता आइपिओ खुल्दै, आवेदनका लागि तयार रहनुहोस्

काठमाडौ । नेपाली बजारमा ८ करोड कित्ता आइपिओ निष्काशन हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैंया बराबरको आइपिओ निष्काशन गर्ने भएको हो ।

यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब एवं चुक्ता पूँजी १२ अर्ब रहेको छ । शेयर निष्काशन र बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ ।

यसअघि निष्काशन भएका आइपिओहरुमा अत्याधिक आवेदन परेपछि गोलाप्रथा नै गर्नुपरेको थियो । यसमा लगानीकर्तालाई प्रतिव्यक्ति कम्तिमा ५० कित्ता आइपिओ पर्न सक्ने जनाइएको छ । मंसिर ३ मा सम्पन्न साधारण सभामा आइपिओ निष्काशनको प्रस्ताव पारित भएसँगै अनुमतिका लागि निवेदन परेको थियो ।

आइपिओ निष्काशनमा नागरिक लगानी कोषले प्रत्याभूतकर्ताको काम गर्ने एवं एनआईबीएल एस क्यापिटल लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा रहने कार्य गर्ने भएका छन् ।