

काठमाडौं । लोक सेवा आयोगले पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको छ। आयोगले बुधबार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो।
सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको विज्ञापनमा एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ। न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।
यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलित तर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।
परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।
दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ । हेर्नुहोस् सूचनाः
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७