

काठमाडौं । आजको लागि शेयर कारोबार बन्द भएको छ । कारोबार शुरु भएको करिब ४ घण्टा नपुग्दै नेप्से परिसूचकमा ६ प्रतिशतले गिरावट आएपछि कारोबार बन्द भएको हो ।
बिहान ११ बजेबाट सुरु हुने शेयर कारोबार दिउँसो ३ बजेसम्म हुने गर्दछ । कारोबार सुरु भएको एक घण्टा भित्र बजार ४ प्रतिशतले तलमाथि हुँदा सर्किट ब्रेक लागी २० मिनेटका लागि शेयर कारोबार बन्द हुने गर्दछ । यस्तै कारोबार सुरु भएको दोस्रो घण्टा मा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले तलमाथी भएमा सर्किट ब्रेक लाग्दछ ।
आज भएको शेयर कारोबारको समयमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ विन्दुमा झरेको हो । आज मात्रै लगानीकर्तालाई १ खर्ब ६६ अर्ब ६८ करोड माथिको घाटा लागेको छ । शेयर बजार पूँजीकरण २७ खर्ब ५५ अर्ब ६ करोड बाट घटेर २५ खर्ब ८९ अर्ब ७४ करोडमामा खुम्चिएको छ । नेपालको सेयर बजारको इतिहासमा एकैदिन लगानीकर्ताले यति धेरै सम्पत्ति गुमाएको यो पहिलो रेकर्ड हो ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७