

काठमाण्डौ । आज नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।
सक्रिय संक्रमितमध्ये ३८८ जना आइसियु र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् भने १० हजार २७१ होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १२७२ संक्रमितमध्ये ६०६ जना उपत्यकाका रहेका छन् । यो भनेको कुल संक्रमितको ४७ दशमलव १६ प्रतिशत हो ।
अहिले काठमाडौं उपत्यकामा ७ हजार ७९२ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये काठमाडौंमा ५९९६, भक्तपुरमा ५४० र ललितुरमा १२५५ जना आइसोलेसनमा रहेका छन् । २४ घण्टामा देशभर ८ हजार ३१ जनाको पीसीआर परीक्षण हुँदा १ हजार २७२ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २१ हजार ८४७ जना निको भएका छन् । २४ घण्टामा १५७५ संक्रमित कोरोनामुक्त भएका छन् ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७