

काठमाडौं । कारोना बिमा रकम भुक्तानी ७ दिनभित्र दिनु भन्ने अर्थ मन्त्रालयको निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः निर्देशन पठाएको छ । ३ दिन भित्र कोरोना बिमा रकम भुक्तानी गरी सो को जानकारी मन्त्रालयमा पठाउन भन्दै अर्थ मन्त्रालयले बिमा समितिलाई निर्देशन दिएको हो ।
हाल कुन कुन बिमा कम्पनिमा कति रकम दाबी परेको हो र कुन कम्पनिले के कति कार्य गरेका छन् सम्पूण विवरण पठाउन निर्देशन दिइएको हो । साथै मन्त्रालयले सहजिकरण गर्नुपर्ने विषय र सवालहरु के के हुन् प्रष्ट खुलाई आवश्यक सहयोग लिन समेत मन्त्रालयले सुझाएको छ ।
‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’ अर्थ मन्त्रालयद्धारा जारी पत्रमा भनिएको छ ।
हेर्नुहोस् अर्थमन्त्रालयद्धारा जारी पत्र
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७