

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नुभएको छ । सो सभालाई सम्बोधन गर्दै ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभयो ।
‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ’ ओलीले भन्नुभयो । विश्व महामारीबाट सुरक्षित हुन विश्वव्यापी रुपमा नै खोप उपलब्ध हुनुपर्ने उहाँको भनाई छ । संसार सानो डुंगा भएको र हामी सबै यसको यात्रु हो भन्दै प्र.म. ओलीले अहिलेको संकटले पाठ सिकाएको बताउनुभएको छ ।
हाल कोभाक्सले विश्वभरी नै खोप पुर्याउन गरिरहेको पहलको ओलीले स्वागत समेत गर्नुभएको छ । कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले आयोजना गरेको विशेष महासभाको लागि प्रम ओलीको सम्बोधनको भिडियो रेकर्ड गरी राष्ट्रसंघ पुर्याइएको थियो ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७