TRENDING
होमपेज
गाँजालाई औषधिय गुणको वनस्पति मान्दै लागुऔषधको सूचीबाट हटाइयो, नेपाल सहित २७ राष्ट्रले गरे मतदान


काठमाण्डौ । संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै नार्कोटिक ड्रगको समूहबाट हटाएर विश्वव्यापी प्रतिबन्ध हटाएको छ । यससँगै कानुनी रुपमा गाँजाको खेतीका लागि सहजता थपिएको छ ।
नेपालले गाँजालाई प्रतिबन्ध हटाएर औषधीय गुण भएको वनस्पति मान्नुपर्ने पक्षमा मतदान गरेको थियो । राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् । राष्ट्रसंघको ड्रग एजेन्सीले बहुमत भोटका आधारमा प्रतिबन्ध हटाएको हो ।
उक्त समितिमा रहेका ५३ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षमा नेपालसहित २७ मत परेको थियो । नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।
नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७