TRENDING

२७ वर्षिय महिला,छोरी सहित मृत फेला, श्रीमान बेहोस

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी २७ वर्षिय पेम्बी शेर्षा र उनकि एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन् । उनीहरुको शव नजिकै उनका श्रीमान ३२ वर्षिय दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

काठमाडौं गोकर्णेश्वरमा किराना पसल संचालन गर्दै आएका शेर्पा परिवार बन्द कोठाभित्र यो अवस्थामा फेला परेको हो । अचेत अवस्थामा फेला परेका दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको र मृतक आमाछोरीको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल पठाईको प्रहरीले जानकारी दिएको छ ।

बिहान ढिलासम्म पनि कोठाको ढोका नखुलेको देखेर स्थानीयले प्रहरीलाई खबर गरका थिए । प्रहरीले घटनास्थलमा पुगि ढोका फोरेर भित्र हेर्दा आमाछोरीको मृत्यू भइसकेको र दोर्जेलाई अचेत अबस्थामा भेटेका थिए ।

कोठामा हिटर बालिएको थियो भने झ्यालढोका बन्द रहेको र कुनै भेन्टिलेसन पनि नभएका कारण कोठा गुम्सिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।