TRENDING

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने भन्दै बाहिरियो यस्तो खबर

काठमाडौं । नेकपा सचिवालय बैठकमा अर्काे आश्चर्य समावेश भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने तयारी भईरहँदा गृह मन्त्रालयले धुम्बाराहीमा सुरक्षा थ्रेट हुनसक्ने जनाएको छ । सुरक्षा थ्रेट हुनसक्ने भएकोले बैठकलाई बालुवाटारमै आयोजना गर्न भनिएको छ ।

सत्तारुढ दल नै प्रमुख भएको समयमा आफ्नै मुख्यालयमा बैठक बस्दा सुरक्षा थ्रेट हुनसक्ने भनि गृहले भन्नु आफैंमा आश्चर्यजनक कुरा भएको छ । कुन र के कराबाट थ्रेट भनिएको हो , सो भने खुल्न सकेको छैन ।

यो खबरसँगै आजको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा नै बस्ने भनि नेकपा नेताहरुलाई बोलाइएको खबर छ ।