

काठमाडौं । सरकारले ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गर्ने भएको छ । आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने बताइएको हो ।
देशको विकट तथा ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुरुप सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्न लागिएको हो । अस्पतालहरु ५, १० र १५ शैय्याका हुनेछन् । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शैय्याका ५२, १० शैय्याका एक सय नौ र १५ शैय्याका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।
प्रदेश १ मा ८६ आधारभूत अस्पताल, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१, लुम्बिनीमा ५७, कर्णालीमा ४२ र सुदूरपश्चिममा ५४ बनाइँदैछ । यी अस्पताल निर्माण गर्नको लागि ५८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा वोलीले शनिवार सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । पुरा विवरण तलको लिंक ओपन गरी हेर्नुसक्नुहुनेछ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७