TRENDING

इटहरीमा चार दिनदेखि वेपत्ता किशोरको हत्या

इटहरी। चार दिनदेखि वेपत्ता एक किशोरको हत्या भएको अवस्थाको शव फेला परेको छ । सुनसरी दुहवीकाका १७ वर्पे सुजननारायण चौधरी मंसिर १० गतेदेखि बेपत्ता भएका थिए ।

सोही वडाको अरुण वनस्पति उद्योगको कम्पाउण्डको सिलामको घारी भित्र फालेको अवस्थामा उनको शव फेला परेको बताइएको छ । दुहवी २ बस्ने चौधरी कक्षा १२ का विद्यार्थी थिए ।

साथीको घर जान्छु भनि हिंडेको छोरा नफर्किएपछि बुबा सुरेन्द्रनारायण चौधरीले मंसिर ११ गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा आज शव फेला पारेको हो।