

काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारणस सेयर (आइपिओ) बाँडफाँड आज हुने भएको छ । आज दिउँसो ४ बजे क्यापिटल कार्यालय जमल, काठमाडौंमा आइपिओ बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले मंसिर ७ गते ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर सेयर निश्कासन गरेको थियो । जसमध्ये ४३ हजार ६९६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो ।
कम्पनीले निश्कासन गरेको सेयरमा ५ लाख ४१ हजार २६३ जना आवेदकले ९४ लाख ९८ हजार ४०० कित्ताको लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँको आवेदेन परेको छ ।
यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । यसमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने बताइएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७