

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्नसँगै मतगणना पनि सकिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा उल्लेख्य मतान्तर सहित व्यवसायी चन्द्र ढकाल निर्वाचित भएका छन् ।
ढकालले प्रतिद्धन्दी किशोर प्रधानलाई ३७५ मतका विरुद्ध ५२२ मतले पराजित गरेका हुन् । ३० प्रतिशत मतभारको एशोसियटमा उनले फराकिलो मत अन्तरले वियज हाँसिल गरेका हुन् ।
यस्तै वस्तुगतमा प्रधानलाई ३९ मतका विरुद्ध ५९ मत ल्याएर सफलता हात पारे । २० प्रतिशत मतभार भएको वस्तुगतमा ढकाललाई फराकिलो मतान्तर प्राप्त भएको हो । जिल्ला नगरमा भने ५० प्रतिशत मतभार रहेको छ जसमा ढकालले ५२ मत पाए भने प्रधानको ५३ मत आएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।
यो जितसँगै नीजि क्षेत्रका व्यवसायीहरुको ठूलो संस्था नेपाल उद्योग वाणिज्य संघको २० औं अध्यक्ष बन्ने पक्का भएको छ । वर्तमान अध्यक्ष शेखर गोल्छापछि महासंघको अध्यक्ष चन्द्र ढकाल बन्ने पक्का भएको हो ।
महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगरतर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् । कुल १०५ मत खसेकोमा विजयी भएका दिनेश श्रेष्ठले श्रेष्ठले ५८ मत ल्याए भने पराजित भएका गुणनिधि तिवारी ४७ मत ल्याएका छन् ।
एशोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्ष उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनाव लडेका रामचन्द्र संघाईले किशोर प्रधान प्यानलका सौरभ ज्योतीलाई ४५५ मत ल्याएर विजय हासिल गरे । पराजित सौरभ ज्योतीले ४३४ मत मात्र ल्याए । एशोसियट उपाध्यक्षमा ८९० मत खसेकोमा एक मत भने बदर भएको थियो ।
बस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। उनी किशोर प्रधानको प्यानलबाट चुनाव लडेका थिए । उनले चन्द्र ढकाल प्यानलका उमेशलाल प्रधानलाई पराजित गरे । यस समुहमा बिजयी श्रेष्ठले ६२ मत ल्याए भने प्रधानले ३७ मत ल्याए । यस समुहमा १०१ मत खसेको थियो ।
यस्तै जिल्ला नगर समुहबाट कार्यसमिति सदस्यमा चन्द्र ढकाल प्यानलबाट ६ जना र किशोर प्रधान प्यानलबाट १२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । वस्तुगत समुहमा १८ जना निर्वाचित हुने ब्यवस्था छ ।
आफ्नो जितपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताएका छन् । आफुलाई विश्वास गर्ने सबैमा धन्यवाद दिँदै हारजित जे जे भएतापनि अब सबै एकढिक्का भएर अगाडि बढ्ने ढकालले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७