TRENDING

गुल्मी जिप दुर्घटनामा परि मृत्युहुनेको संख्या ६ पुग्यो, घाइतेहरुको गुल्मी अस्पतालमा उपचार हुँदै

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। शुक्रबार बिहान जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप वडानम्बर ४ को हुलमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यू भएको थियो ।

जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यो सँगै मृत्यू हुनेको संख्या ६ पुगेको छ ।

मृत्यु हुनेहरुमा इश्मा- ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा इस्मा गाउँपालिका – ४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचाक २५ वर्षका कमल हितान घाइते भएका छन् । चालक वुद्ध बस्नेत भने सकुसल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।