

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन्। बिहीबार राजधानीमा आयोजीत महासंघको ५४ औँ वार्षीक साधारणसभामा एमसीसी पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन।
राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी आवश्यक रहेको र यसलाई छिटो पारित गर्नुपर्ने धारणा राखिन्। उनले विद्युतको विकासका लागि एमसीसीको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अविलम्ब पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन्।
कठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्र अहोरात्र खटिइरहेको बताइन्। उनले १३ वर्षभन्दा बढी आफू महासंघमा काम गरेको बताउँदै ५४ औं वर्षको इतिहासमा आफू पहिलोपटक महिला अध्यक्ष भएकोमा सबैलाई धन्यवाद ज्ञापन दिइन्।
उनले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउन आफूले भूमिका खेलेको बताइन्। उनले महासंघको कोभिडको संकटको कारणले चैत २८/२९ गते साधारणसभा आयोजना गर्न नसकेको पनि बताइन्। (साभार)
राजनीतिबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७