TRENDING

आज १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यू हुनेको कुल संख्या १४ सय १२ पुग्यो

काठमाडौं । आज बिहिबार नेपालमा थप १ हजार ६ सय १४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । थप संक्रमित सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

यता आज नै संक्रमण मुक्त हुनेहरुको संख्या १ हजार ४ सय ३७ पुगेसँगै संक्रमण मुक्त हुने नेपालीहरु २ लाख ९ हजार ४ सय ३५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण मृत्यूहुने नेपालीहरुको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हाल कारेन्टाइनमा रहनेको संख्या ६ सय ८० रहेको बताइएको छ ।