TRENDING

यस्तो छ आज सुनचाँदीको बजार मुल्य

काठमाडौं । सुन र चाँदी दुवैको मुल्य आज बिहिबार यथावत् रहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि बुधवारकै दर ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको महासंघले जनाएको छ ।बिहीवार चाँदी पनि स्थिर रहेको छ । चाँदी बुधवारकै दर ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।