

काठमाडौं । आज बिहिबार नेपाली शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । यसअघिका रेकर्डलाई तोड्दै नेप्से सुचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेका हुन् ।
आज नेप्से परिसूचक १८.४३ प्रतिशतले बढेर १८९३.२४ अंकमा पुगेको छ । आज दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट १ करोड ७१ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ। यो २ सय १ वटा कम्पनिहरुको शेयर कारोबार हो ।
आज हिमालयन उर्जा, पाँचथर पावर, आँखु खोला जलविद्युत र एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ भने नविल बैंकको ८.८६ प्रतिशत, कुमारी बैंकको ६.५६ प्रतिशत, नेपाल बंलादेश बैंकको ५.६२ प्रतिशत र चिलिमे हाइड्रोको ५.४१ प्रतिशतले मूल्य बढेको छ। यता साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा धेरै ६.१८ प्रतिशतले घटेको छ भने ङादि ग्रुप पावरको ५.८८ प्रतिशत, बोटलर्स नेपालको ५.६७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ५.३४ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ४.९२ प्रतिशतले घटेको छ।
कारोबारमा आएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७