

काठमाडौं । सिभिल बैंकले आफ्नो १० औं वार्षिकोत्सब मनाएको छ । सोहि अवसरमा बैंकले एक कार्यक्रमको आयोजना गरी प्रगति विवरण सार्वजनिक समेत गरेको छ । १ अरब २० करोड चुक्ता पूँजीबाट शुरु गरिएको सिभिल बैंकको चुक्ता पूँजी १० अरब पुगेको बैंकले जनाएको छ । यसका कारण सिभिल बैंकको जोखिम बहन क्षमतामा बृद्धि भएको देखिन्छ ।
४ लाख ८२ हजार भन्दा बढि व्यक्तिहरुको खाता संचालनमा रहेको यस बैंकको खुद नाफा ०७५/०७६ सम्म आइपुग्दा ७० करोड ७४ लाख रहेको छ । साथै बैंकले १० वर्षको अन्तरालमा ७० अरब ६१ करोड निक्षेप संकलन गरेको छ भने ५९ अरब कर्जा लगानी गरेको छ । ४५ वटा जिल्लामा गरी ११४ वटा शाखा संचालनमा रहेको सिभिल बैंक लिमिटेड गुणस्तरीय बैंकिङ् सेवा दिने बैंकको रुपमा ISO प्रमाणिकरण भएको बैंक हो । सिभिल बैक लिमिटेडले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आज एक वेभिनार कार्यक्रमको आयोजना गरी बैंकले १० वर्षसम्म आइपुग्दा गरेको प्रगति विवरणहरु सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले सिभिल बैंक ११ औं वर्ष प्रवेशको अवसरमा विभिन्न कार्यहरु गर्न लागिएको बताउनुभएको छ । टुँडिखेलमा जारी खाना खुवाउने अभियानमा आफ्नो बैंकको तर्फबाट १० छाक खाना खुवाइने, मातातिर्थमा रहेको वल्डएज होममा सहयोग गर्ने, बैंकका १० जना कर्मचारीहरुद्धारा बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने महानुभावका लागि प्लाज्मा दान गर्ने लगायतको कार्य बैंकले वार्षिकोत्सवको अवसरमा गर्न लागेको उहाँले बताउनुभयो ।
साथै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इच्छाराज पाण्डेले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले कोरोनाका कारण मृत्यू वरण गर्ने बैंकका सुरक्षा कर्मी प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै २ सय कर्मचारी संक्रमणमा परेको समेत बताउनुभयो ।
बैंकका ब्राण्डिङ एवं कर्पाेरेट कम्युनिकेसन विभाग प्रमुख बिजयराम कसजुले वेभिनार कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद दिंदै बैंकले १० वर्ष पुरा गरी ११ वर्ष प्रवेश गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७