

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई द्रुतमार्गको काम भनेकै समयमा सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ । मंगलबार सैनिक जनसम्पर्क निर्देशनालयले आयोजना गरेको प्रगति विवरण सार्वजनिक कार्यक्रम यस्तो जानकारी दिइएको हो ।
कुल लम्बाई ७२ दशमलव ५ किलोमिटरको तराइ काठमाडौं फाष्टट्र्याक तीन स्थानमा सुरुङ मार्ग र समग्रमा १० दशमलव ५९ किलोमिटर लम्बाईको पुल समेत निर्माण गरि सक्नुपर्नेछ । नेपाली सेनाले जिम्मा लिएको आयोजना हुनाले यो नेपालको सँगसँगै सेनाको समेत गौरबसँग जोडिएको भन्दै हाल सम्म १० प्रतिशत काम सकिएको र बाँकि काम पनि तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको नेपाली सेनाले जनाएको छ।
कोरोना महामारीका बिच पनि कामलाई नरोकिएको तर कोरोनाको कारण निर्माण सम्पन्न गर्नमा चुनौति भने थपिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। आयोजनामा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको र आयोजनाको काम छैटौँ चरणमा चलिरहेको जनाइएको छ।
सेनाको विवरण अनुसार सुरुङ निर्माण सम्बन्धी कामका लागि परामर्शदाता छनौट भई काम सुरु भएको छ। साथै पुल निर्माणसम्बन्धी प्रस्ताव मूल्याङ्कनको क्रममा रहेको छ। आयोजनाको पहुँच मार्ग निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि सेनाले जनाएको छ । ८४ प्रतिशत मुआब्जा वितरण गरिसकिएको र खोकना क्षेत्रको रेखाङ्कनमा परेका स्थानमा स्थानीय विवादको कारण जग्गा प्राप्तिमा बाधा परेको सेनाले जनाएको छ। जग्गा प्राप्तिका लागि आवश्यक समन्वय तथा पहल भइरहेको पनि जनाइएको छ। चालु वर्षमा पुँजीगत र चालुतर्फ गरी आठ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आयोजनाको काम ११ क्लष्टरमा विभाजन गरि अघि बढाइएको र जसमा २०८०र०८१ सम्ममा आयोजना निर्माण सम्पन्न गरिने लक्ष्य राखेको समेत सेनाले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७