TRENDING

कोरोनाका कारण ३३ वर्षिय प्रहरी इन्स्पेक्टरको ज्यान गयो

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीन बुढाथोकीको कोरोनाका कारण सोमबार राती मृत्यू भएको छ । विराट शिक्षण अस्पतालको आइसियुमा उपचाररत ३३ वर्षीय बुढाथोकीको राती करिब १२ बजे मृत्यू भएको बताइएको छ ।

मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत इन्स्पेक्टर बुढाथोकीको फोक्सोमा गम्भिर समस्या रहेको थियो ।

सास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल गएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपश्चात् सोही अनुसार उपचार गरिँदै आएतापनि स्वास्थ्य अवस्था झनै जटिल बन्दै अन्ततः गएराती नीजको मृत्यू भएको अस्पतालले जनाएको छ ।

Corona