TRENDING

ट्राफिक जरीवाना अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । ट्राफिक प्रहरीद्धारा जरीवाना रकम तिर्नुपर्ने रसिद थमाइयो ? अब कहिले र कसरी तिर्ने भन्ने झण्झट हटेको छ । अब अनलाइनबाटै जरीवाना रकम तिर्न सकिने भएको छ । अनलाइन मार्फत नै भुक्तानी गर्न मिल्ने गरी सफ्टवयरको विकास गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो विषयमा जानकारी गराइएको हो । (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) टिभिआरएस नामक सफ्टवेयर प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ ।

‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’ यसअघि सवारी र सवारी कागजातपत्र हराएमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्था लागू भइसकेको छ । यो प्रविधिको विकास भएसँगै दैनिक सरदर ४ सय जनाले अनलाइनबाटै सिफारिस लिन थालेका छन् । यसअघि लाइनमा बसेर दिनमा डेढ सयले सिफारिस लिन्थे । अनलाइनबाट कागजात र सवारी हराएको सिफारिस पत्र मात्रै ३ हजार बढीले लिएका छन् ।

छिट्टै बिमा दाबी सम्बन्धी कागजपत्र सिफारिस पनि अनलाइनबाटै दिने गरी प्रविधिको प्रयोग गर्न लागिएको महाशाखाले जनाएको छ ।महाशाखा प्रमुख भिम ढकाल सरुवा भएर प्रहरी प्रधान कार्यालय जान लागेका ढकालले आफ्नो पद सम्हाल्न आएका एसएसपि जनक भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् । सो सम्मेलनमा बोल्दै ढकालले प्रविधिको विकासबाट सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र थोरै जनशक्तिले पनि धेरै कार्य गर्न सकिने बताएका छन् ।