

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनैपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तर्क गरेका छन् ।सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनुपर्ने तर्क बाबुरामले अघि सारेका हुन् ।
उनले नेकपाको झगडा कसरी टुंग्याउने भन्ने कुरा उसको भए पनि राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने बताएका छन् ।बाबुरामले ट्वीटरमार्फत् नेकपाको किचलो र पछिल्ला घटनाक्रमबारे टिप्पणी गर्दै राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
बाबुरामले लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है । राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७