TRENDING

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व समापन

काठमाडौं । चारदिन सम्म मनाइएको छठ पर्व आजबाट सकिएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ चढाउनुका साथै पूजाआराधना गरेपछि छठ पर्वको विधिवत् समापन भएको हो ।

कात्तिक कृष्ण चतुर्थी देखि सप्तमी तिथिसम्म छठ पर्व परेको थियो । नदि , तालतलाउ, पोखरी आदि जलाशयहरु सिंगारेर झकिझकाउ बनाएसँगै छठको रौनक बढ्ने गरेको देखिन्यो । तर यस वर्ष कोरोना महामारीका कारण गत वर्षहरुमा जस्तो नभएतापनि ब्रतालुहरुले आफ्नो निवास आसपास मै जलाशय बनाई षष्ठीको दिनको ब्रतलाई विधिवत् बनाएका थिए ।

सरकार एवं स्थानीय प्रशासनले छठघाटमा भिडभाड नगर्न आग्रह गरेसँगै ब्रतालुहरुले घरकै छत एवं आँगनमा शिरसोप्ताको पूजा, छठी मैयाको आराधना एवं सूर्यको उपासना गरेका हुन् ।