

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB Per day Data Pack) लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज (२०७७ मंसिर ५ गते) शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।
हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB Per day Data Pack) अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) ल्याइएको हो ।
सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७