TRENDING

मर्यादाहिन मान्छेलाई अध्यक्ष मान्नु परेको सल्लाहकार थापाको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै मर्यादाहिन व्यक्तिलाई अध्यक्ष मान्नु परेको टिप्पणी गरेका छन्। अहिलेसम्म कुनै दुस्मनले पनि लगाउन नसकेको आरोप र व्यवहार अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई लगाएर मर्यादाहिन र अराजनीतिक चरित्र देखाएको उनीहरुको टिप्पणी छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई अराजनीतिक प्रस्तावको संज्ञा दिनुभयो ।

“अराजनीतिक प्रस्तावले विगतका सम्झौता, मर्म, विधान, प्रक्रिया, एकताको भावना र जनाताको अपेक्षामाथी कुठाराघात गरेको छ, उहाँ अनेक स्वार्थ र आफ्ना आसेपासेको इरासा परिचालित हुँदा देश र जनताले दुःख पायो,” थापाले भन्नुभयो ।
प्रथम अध्यक्ष र देशको प्रधानमन्त्रीलाई उहाँले गरेको गालिगलौज र आरोपले प्रचण्डको स्तरहिनताको अहिले फेरी पुष्टि भएको थापाको भनाई छ । प्रचण्डले नैतिक र राजनीतिक धरातल गुमाउनु भएको उहाँले बताउनुभयो ।

विगतमा गोजीका, छोरी बुहारीका अनलाईनमा प्रधानमन्त्री र सरकारलाई खुइल्याउनेगरी आएका समाचार र प्रचण्डको प्रतिवेदन उस्तै भएकाले ती सवै समाचारको उत्पादक पनि उहाँनै भएको पुष्टि भएको थापाले तर्क गर्नुभयो ।
“यी सवै भ्रम सृजना गर्ने नियोजित समाचारहरुको कारखाना खुमलटार रहेछ, त्यसको निर्देशक उहाँ नै हुनुुहुदोरहेछ भन्ने फेरी पुष्टि भएको छ,” थापाले भन्नुभयो ।

अध्यक्ष प्रचण्ड सर्वनास र आफ्नो पतनको बाटोतिर गएकोमा आफुहरुलाई गम्भीर चिन्ता लागेको उहाँले बताउनुभयो ।“विनाशकाले विपरित बुद्धिको रुपमा उहाँ परिचालित हुनुभएको छ, एकातिर हल्ला गरेर अर्कोतिर हमला गर्ने, एकताको कुरा गर्ने र फुटको तयारी गर्ने उहाँको प्रबृत्तिका कारण पार्टी विभाजनको मुखमा पुगेको छ,” थापाले भन्नुभयो ।

पार्टी विभाजनको खेतीका लागि समिकरणको चक्कर लगाउने कुराबाट ठिटो मुक्त भएमा देश, जनता र कम्युनिष्ट आन्दोलनकै हितमा हुने उहाँको भनाई छ । “प्रचण्ड प्रधानमन्त्री हुँदा पनि देश सिमाना मिचिएकै अवस्थामा थियो, उहाँले नक्शा जारी गर्नुभएन । अहिले अरुले गरेकोमा उहाँहरुलाई असह्य भएको छ,” थापाले भन्नुभयो ।

भारतमा बसेर जनयुद्ध गरेको उहाँहरुको पुष्ठभूमी र भारतीय कुटनीतिज्ञ एसडी मुन्नीलेलेखेको कितावबाट उहाँको राष्ट्रवाद छर्लङ्ग हुने बताउदै थापाले प्रश्न गर्नुभयो, “कुन तत्वले प्रेरित गरेर उहाँ अहिले यो हर्कतमा उभिएको होरु” सरकारले केही गरेन भन्नेहरुहरुलाई उहाँले आखाँ चिम्लिएर अध्यारो छ भन्नेहरु जस्तै भएको टिप्पणी गर्नुभयो । (स्रोतः नेपाली नेटवर्क)