TRENDING

नेकपा सचिवालय बैठक समापन, आउँदो बैठकमा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिन पछि फेरी बस्ने गरी समापन भएको छ । बैठकमा मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।आज बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका हुन्।

सम्पन्न सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पानाको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पानाको पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पानाको पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।

आउँदो कात्तिक १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुने भएको छ ।

साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको समेत बताइएको छ । यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो ।