TRENDING

नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ । सचिववालय बैठककै समय पारेर प्रधानमन्त्रि केपी शर्मा ओलीले मन्त्रिपरिषद् बेठक डाकेपछि सचिवालय बैठक अन्योलमा परेको थियो । तर आज बिहान प्रम ओलीले मन्त्रिपरिषद् बैठक २ बजेको लागी सारेपछि सचिवालय बैठक शुरु गरिएको थियो । सम्पूर्ण नेताहरु बैठक तोकिएको समय १ बजे बैठकका लागि उपस्थित भएका थिए भने भन्दा कार्यकारी अध्यक्ष प्रचण्ड १५ मिनेट अगाडी नै उपस्थित भैसकेका थिए ।

सचिवालय बैठक बस्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रम ओलीबीच शितलनिवासमा भेटवार्ता भएको थियो । शुक्रबारको बैठकमा पेश अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी छ । तर, त्यसका लागि केही दिनको समय ओलीले माग्ने तयारी रहेको स्रोतले जनाएको छ ।

यसअघि प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने ओलीले नेताहरुसँग बताएका थिए । तर, विभिन्न छलफल र भेटवार्तापछि ओली छलफलमा बस्न तयार भएको जनाइएको छ ।