

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेका लागी मन्त्रिपरिषद् बैठकका लागि आव्हान गरेका छन् । मन्त्रिपरिषद् बोलाएसँगै आज १ बजेकै लागि तय भएको नेकपाको सचिवालय बैठक भने अन्योलमा परेको छ । सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्रिले मन्त्रिपरिषद् बैठक डाक्नुभएको हो, यसले सचिवालय बैठक अन्योलमा परेको छ , एक मन्त्रिले भने ।
यसअघि सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो। प्रधानमन्त्री ओली आजको सचिवालय बैठक सार्न लागि परेका छन्।
पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ। प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्नुपर्ने पक्षमा पुगे पनि प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरु जसरी पनि बैठक राख्ने पक्षमै अडिग छन्।
प्रधानमन्त्रीले मंगलवार बिहान महासचिव विष्णु पौडेललाई सचिवालय बैठक सार्ने प्रस्ताव पठाएका थिए। तर, प्रचण्डले उक्त प्रस्ताव अस्वीकार गर्दै बैठकमार्फत् नै अघि बढ्नुपर्ने जवाफ महासचिवलाई दिएको बताइएको छ।
महासचिवले एक/ दुई दिन सचिवालय बैठक सारौं भन्ने प्रस्ताव गर्नुभएको रहेछ। तर, अध्यक्षले बुधवार बैठक बसौं। त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला भन्ने कुरा राख्नुभएको छ, प्रचण्ड निकट एक नेताले भने।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७