TRENDING

आन्तरिक विवादका बेला प्र.म. ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपालका प्रधानमन्त्रि केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ । मंगलबार साँझ प्रधानमन्त्रि निवास बालुवाटारमा सम्पन्न भेटवार्ता करिब डेढ घण्टासम्म चलेको बताइएको छ ।

नेकपा पार्टीभित्रको विवाद कायम रहेकै बेला भएको यो भेटलाई शंकाको दृष्टिले विश्लेषण गरिएको छ । यो भन्दा पहिले भएको नेकपाको विवादले नेकपा पार्टी फुटको अवस्थामा पुगेका बेला नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।

भने अहिले नेकपामा विवाद चर्किएको बेलामा बढेको उनको यो सक्रियतालाई आन्तरिक मामिलाका बेला चिनको हस्तक्षेपका रुपमा लिइएको छ ।